परिचय

कृषि ज्ञान केन्द्र, नुवाकोट तत्कालिन प्रदेश सरकार, प्रदेश नं. ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्तर्गत वि.सं. २०७५ साल कार्तिक १४ गते स्थापना भएको हो। हाल यस कार्यालय बागमती प्रदेश (प्रदेश नं. ३ को नामकरण भई बागमती प्रदेश कायम भएको) नुवाकोट जिल्लाको विदुर न.पा. वडा नं. ०१, ढुङ्गेमा अवस्थित छ। हाल यस ज्ञान केन्द्रका नुवाकोट र रसुवा गरि दुई जिल्लाहरु कार्य क्षेत्र रहेका छन्। भौगोलिक अबस्थिति अनुसार नुवाकोट मध्य पहाडी जिल्ला हो।मध्य पहाडी भौगोलिक अबस्थिति भएतापनि प्रशस्त सिंचित फाँटहरु र हावापानीको विविधता भएका कारण जिल्लाले उल्लेख्य रुपमा धान, मकै, गहुँ, कोदो, जस्ता खाद्यान्नबालीहरु, बाह्रै महिना ताजा तरकारी र आलु उत्पादन गर्दे आईरहेको छ।ककनी क्षेत्रमा उत्पादित स्ट्रबेरी देश भरि नै प्रख्यात रहेको छ।यसैगरि भौगोलिक अबस्थिति अनुसार हिमाली जिल्ला रहेको रसुवामा बर्षे र हिउँदे आलु, कालो मुसुरो, सिमी, मकै, कोदो, ताजा तरकारीको उल्लेखीय उत्पादन भइरहेको र अझै उत्पादन वृद्धि गर्न सकिने सम्भावना भएको ठाउँ हो।

देशको कुल ग्राहस्थ उत्पादनको करिब २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्र  नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको छ।कुल जनसंख्याको करिब ६६ प्रतिशत जनतालाई रोजगारीको अवसर प्रदान गरेको यस क्षेत्रलाई सम्मानजनक बनाउनु आजको आवश्यकता हो।देशमा संघीयताको कार्यान्वयनसंगै तिनै तहका सरकारसंगको समन्वय, सहकार्य र सहअस्तित्वमा दिगो कृषि विकासका लागि आवश्यक नीति, ऐन र नियमहरु तर्जुमा गरि प्रभावकारी कार्यान्वयनको साथै कृषक केन्द्रित तथा कृषकमैत्री नीति निर्माणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले जोड दिदै आएको छ।साथै, ग्रामीणस्तरमा रोजगारीका अवसर मार्फत आयआर्जन, भूमिको चक्लाबन्दी गरि उत्पादन तथा उत्पादकत्व वृद्धि, कृषिमा व्यवसायीकरण मार्फत युवाहरुलाई स्वरोजगारको अवसर सुनिश्चितता गर्दै प्रदेशलाई समष्टिगत रुपमा खाद्य पोषण सुरक्षाको प्रत्याभूति गराउन र प्रदेशलाई कृषि क्षेत्रको विकासबाटै समृद्ध प्रदेशको रुपमा विकास गर्न सम्भावना देखिन्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश अन्तर्गतको कृषि विकास निर्देशनालय, बागमती प्रदेश अन्तर्गत स्थापित यस कार्यालयले यसै अनुरुपमा कार्यक्रमहरु संचालन गर्दै बागमती प्रदेशको कृषि क्षेत्रको विकासको लागि निरन्तर रुपमा ईट्टा थप्ने काम गर्दै आईरहेको छ।

प्रमुख (अधिकृतस्तर दशौँ)

श्री केशव खनाल

प्रमुख (अधिकृतस्तर दशौँ)

९८५११५०१२८

सूचना अधिकारी

विशाल ढकाल

सूचना अधिकारी

९८५१२०००६३